नेकपाले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम गर्दै

डिसी नेपाल
५ साउन २०८३ २०:४५

काठमाडौं। नेकपाले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता महेन्द्र राय यादवले भोली (बुधबार) हुन लागेको एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रमबारे जानकारी दिएका छन्।

नेता यादवका अनुसार भोली हुने कार्यक्रममा पार्टीको संयोजक पुष्पकलम दाहाल (प्रचण्ड), सह संयोजक माधव कुमार नेपाल, नायारायण काजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन तथा परीक्षण दिनेछन्।

प्रदेशस्तरीय रहेको उक्त कार्यक्रम जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा दिउँसो हुने नेता यादवले जानकारी दिएका छन्। उनले कार्यक्रममा प्रशिक्षण, एकीकृत समाजवादीसहितका विभिन्न वाम घटकहरूसँगको एकता समायोजन तथा शपथग्रहणसहित नेताहरुको सम्बोधन गर्ने तालिका रहेको बताए। कार्यक्रममा करीब १४०० बढी नेता, कार्यकर्ता एवम पदाधिकारीहरुको सहभागीता रहेको नेता यादवले बताए।

नेकपाले मंसिरसम्म पार्टीको अधिवेशन गर्ने निर्णय गरेको छ। यस एकताको सन्देश एवम प्रशिक्षण कार्यक्रममा पनि अधिवेशन केन्द्रित विषय वस्तु प्रस्तुत गरिने नेता यादवले जानकारी दिए। नेकपाले यस अघि अन्य ५ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण एवम एकताको सन्देश कार्यक्रम गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *