परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो : प्रचण्ड

डिसी नेपाल
१६ मंसिर २०७८ १३:३९
196
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन्। पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए।

गत सालको प्रतिगमनविरोधी आन्दोलनमा लाखौँ जनता परिचालित गर्‍यौँ र त्यो प्रतिगमनलाई असफल बनायौँ’, उनले भने, ‘जनताको साथ लिएर संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो।’

जस्तोसुकै मुल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रचण्डको प्रतिबद्धता छ । समानुपातिक समावेशीलाई आफूहरूले व्यवहारमा लागु गरिसकेको भन्दै उनले आफूहरुकै कारण स्थानीय तहमा सबैको प्रतिनिधित्व भएको दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *