आफ्नो हारमा कमल थापाले दिए ज्ञानेन्द्रलाई बधाइ, नाङ्गो हस्तक्षेप गरेको आरोप
फाइल तस्वीर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि सो पार्टीका नेता कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई बधाइ दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि एउटा स्ट्याटस लेख्दै नेता थापाले राप्रपाको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रले नाङ्गो हस्तक्षेप गरेको आरोप पनि लगाएका छन्।
उनले यस्तो हस्तक्षेपको भत्र्सनासमेत गरेका छन्। उनले लेखेका छन्, ‘पार्टीको आन्तरिक प्रतिष्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्र्सना गर्दछु।’ पूर्वराजाले हस्तक्षेप गरेकोमा आक्रोशित भएका थापाले राजसंस्थाका लागि कफन बाँधेर २०६३ सालदेखि बोकेर हिडेको पुरस्कार पाएको भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई आफूलाई हराएकोमा बधाइ दिएका छन्। उनले लेखेका छन्, सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।’
उनले आफूलाई राजसंस्थाको एजेण्डाको मूल संवाहक भएको दावी पनि गरेका छन् । र , त्यस्तो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् भन्ने कामना पनि गरेका छन् । र पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना पनि दिएका छन् ।(हेर्नुहोस् उनको फेसबुक स्ट्याटस)

आज विहान सबेरै सकिएको राप्रपाको अध्यक्ष पदको मत गणनामा उनका प्रतिष्पर्धी झापाका राजेन्द्र लिंग्देन विजय भएका छन् । थापाले प्रतिष्पर्धामा विजयी राजेन्द्रलाई बधाइ पनि दिंदै आफ्नो हार स्वीकार पनि गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment