लिङ्देन टिमबाट एकजना मात्रै पदाधिकारी निर्वाचित

डिसी नेपाल
१९ मंसिर २०७८ ८:०८
7.6k
Shares

काठमाडौं। राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन्। आइतबार विहान सम्पन्न मतगणनामा दुई सय मतले पछि पार्दै लिङ्देन निर्वाचित भएका हुन्।

लिङ्देन अध्यक्ष निर्वाचित भए पनि उनको प्यानल भने पराजित भयो। महामन्त्रीमा धवलशम्शेर राणामात्रै लिङदेन प्यानलबाट निर्वाचित भए। धवल लिङ्देनको टिमका एकमात्र निर्वाचित पदाधिकारी बने।

उपाध्यक्षमा कमल थापाको प्यानलै आएको छ। विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन्।

महामन्त्रीमा पनि महिलातर्फ चर्चित अभिनेत्री रेखा पराजित भइन्। कमल थापा प्यानलकै कुन्ती शाही निर्वाचित भइन्। त्यसैगरी महामन्त्री निर्वाचित भुवन पाठक पनि थापा प्यानलकै हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *