तालिवानलाई राजनीतिक मान्यता नदिई काबुलमा साझा कूटनीतिक मिसन खाेल्ने युराेपेली देशकाे तयारी

डिसी नेपाल
२० मंसिर २०७८ ७:५५
92
Shares

पेरिस। युराेपेली युनियनमा अ‌ाबद्ध अधिकांश देशहरुले अफगानिस्तानमा संयुक्त कूटनीतिक मिसन खाेल्ने तयारी गरिरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्राेले साे जानाकारी दिएका हुन् । अफगानिस्तानमा रहेका विदेशी नियाेगका प्रमुख र राजदूतहरुकाे सुरक्षाका लागि संयुक्त कूटनीतिक मिसन अ‌ावश्यक भएकाे उनले बताए । मिसन चाँडै स्थापना हुने पनि उनकाे विश्वास छ ।

तालिवानले अगस्टमा अफगान सत्ता नियन्त्रणमा लिएपछि पश्चिमा देशहरुका राजदूतहरुले देश छाेडेका थिए । तालिवानले नियुक्त गरेका अधिकांश मन्त्रीलाई अमेरिका र राष्ट्रसंघले प्रतिबन्ध लगाएका छन् । ‘हाम्रा राजदूतहरुलाई सहज बनाउन अफगानिस्तानमा युराेपेली मुलुककाे साझा संगठन खाेल्ने बारेमा हामीले साचिरहेका छाैं ,’ म्याँक्राेले भने ।

उनले अगाडि भने, ‘ तालिवानलाई राजनीतिक रुपमा मान्यता दिनु भन्दा वा उनीहरुसँग राजनीतिक विषयमा छलफल गर्नु भन्दा साझा राजनीतिक मिसन खाेल्नु उपर्युक्त हुन्छ ।’

यसैबीच, देशबाहिर जान चाहेका करिव ३००अफगानीलाई कतारले उदार गरेकाे फ्रान्सले जनाएकाे छ ।

अमेरिकी सेनाले अफगानिस्तान छाेडेकाे अन्तिम दिन करिव एक लाख २४ हजार मानिसले देशबाट बाहिरिएका थिए । सम्बन्धित देशहरुमा जानुअघि उनीहरु सबै जना कतार पुगेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *