भारतमा एकै दिन १७ जनामा देखियाे ओमिक्राेन

डिसी नेपाल
२० मंसिर २०७८ ८:२८

गुज्रात। भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस देखिएकाे छ। पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्राेन देखिएकाे हाे।

याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ। भारतमा दक्षिण काेरियाबाट अ‍ाएका र उनहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे छ।

यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे। अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *