राजनीतिलाई अदालतको विषय बनाउन हुँदैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

डिसी नेपाल
२० मंसिर २०७८ २१:३८
68
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिलाई अदालतको विषय बनाउन नहुने बताएका छन् । अनेरास्ववियुले आयोजना गरेको ‘सङ्गठन विस्तार तथा सदस्यता वितरण महाअभियान’ कार्यक्रममा उनले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले निर्वाचनमा जानुको विकल्प नभएको उल्लेख गरे ।

जबसम्म पार्टी रुपान्तरण हुन सक्दैन तबसम्म लोकतन्त्रको रक्षा हुन नसक्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो । चितवन महाधिवेशनबाट एमाले थप एकताबद्ध भएको उनले बताए। “एमाले जनता र कार्यकर्तामा भिजेको पार्टी हो”, उनले भने । एमाले नै मुलुकको नेतृत्व गर्ने पार्टी भएको पोखरेलले जिकिर गरे । अब पार्टीको यात्रा जनताको बहुदलीय जनवादको मार्गसिद्धान्तमा समाजवादको आधार तयार गर्ने आधार भएको उनले उल्लेख गरे ।

“नेपालको परिवर्तनको यात्राको नेतृत्व वामपन्थी र कांग्रेस मिलेर गरेको हो”, पोखरेलले भने, “अब नेपाललाई कुन बाटोमा हिँडाउने भन्नेमा राजनीतिक दलले आफ्नो पार्टीभित्र बहस चलाउनुपर्छ ।”

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले देशभरिका युवालाई अनेरास्ववियुमा सङ्गठित गर्नका लागि अभियान सञ्चालन गरेको बताइन् । अभियानमा १० लाख विद्यार्थीलाई आबद्ध गराउने उनको भनाइ थियो । अनेरास्ववियुका महासचिव समिक बडालले त्रिचन्द्र क्याम्पस र रुपन्देहीको गैडहवा गाउँपालिका–२ स्थित जोगडा माविबाट महाअभियान सुरु गरिएको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.