विक्की–कट्रिनाको बिहेमा सलमान खान जान नपाउने

डिसी नेपाल
२१ मंसिर २०७८ ८:१५

काठमाडौं। विक्की कौशल र कट्रिना कैफको बिहेमा बलिउड सुपरस्टार सलमान खान जान नपाउने भएका छन् । विक्की र कट्रिना बिहेका लागि हिजो डिसेम्बर ६ मा राजस्थान गएका छन् । बलिउडका कैयौं सेलिब्रेटी यो बिहेमा जाँदैछन् । तर, सलमान खान भने जान नपाउने भएका हुन् ।

हिजो प्रवर्तन निर्देशनालय (इडी)ले अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पक्राउ गरेको थियो । ज्याकलिनलाई अहिले छोडिएको भए पनि उनलाई भारतबाहिर जान रोक लगाइएको छ । उनी सलमान खानको दबंग टुरका लागि जाँदै थिइन् । ज्याकलिन जान नपाउने भएपछि सलमान स्वयं दबंग टुरमा उपस्थित हुनैपर्ने भएको छ । त्यसैले उनी साउदी अरेबियाको रियाद जानेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *