कांग्रेस महाधिवेशनः वर्तमान नेविसंघ कार्यसमितिका अधिकांश नेताको उम्मेदारी
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीको भातृसंस्था अथवा कांग्रेसको नर्सरीको रुपमा चिनिएको संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान कार्यसमितिका अधिकांक्ष नेताहरु पार्टीको केन्द्रीय सदस्यमा उम्मेदारी दिने बताइरहेका छन्।
कार्यसमितिका अध्यक्ष राजीव ढुङगाना, महामन्त्रीहरु दीपक भट्टराई, उर्मीला थपलिया, उपाध्यक्ष तुलसा पन्त मैदानमा उत्रिने जनाइराखेका छन्। पार्टीभित्र पुस्तान्तरणको बहस चलिरहँदा विद्यार्थी नेताहरु नै नेतृत्वको दावी गरिरहँदा चासोका साथ हेरिएको छ।
तर प्रदेश एकको सभापतिमा नेविसंघका पूर्वअध्यक्ष तथा निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरेको पराजयले पार्टीमा युवा नेतृत्व लाई थप चुनौतीपनि बनेको छ।
तर जति नै चुनौती भएपनि कांग्रेसमा युवा नेतृत्वको आवश्यक भइसकेको महामन्त्री दीपक भट्टराई बताउँछन्। ‘कांग्रेस गुट,उपगुटमा रुमलिरहेको छ।अहिले पार्टीमा प्रष्ट बिचारको आवश्यक रहेको छ,त्यो बिचार हाम्रो पुस्ताले अझ सशक्क्तरुपमा प्रवाह गर्न सक्छ,’ भट्टराईले भने, ‘त्यसकारण पार्टीमा नयाँ बिचार र बिपीको संस्कारको लागी मेरो उम्मेदारी हो।’







डिसी नेपाल







Facebook Comment