कांग्रेस नेता मुक्ति श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

डिसी नेपाल
२१ मंसिर २०७८ १५:१२

अर्घाखाँची। नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष नेपाली कांग्रेसका नेता डा. मुक्ति श्रेष्ठले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा. श्रेष्ठले जनजाति काेटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।

श्रेष्ठले काेभिड तथा अन्य समयमा अर्घाखाँचीका विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै आएका छन् । श्रेष्ठले महाधिवेशन प्रतिनिधिमा अर्घाखाँचीबाट (जनजाति तर्फबाट) सर्वाधिक मत प्राप्त गरि विजयी भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *