मान्छेलाई सिंहको अंगालो, अद्भूत घटना क्यामेरामा कैद

डिसी नेपाल
२८ मंसिर २०७८ ११:१२
108
Shares

काठमाडौं। एक सिंहले मान्छेलाई अंगालो हालेको अद्भूत घटना क्यामेरामा कैद भएको छ । सिर्गा नामको यो पोथी सिंहको यी व्यक्ति अति मिल्ने साथी हुन् । उनीहरुले हरेक दिनको सुरुवात अंगालो हालेर गर्छन् ।

द सनका अनुसार अफ्रिकाका संसक्षणविद ३४ वर्षका भ्यालेन्टिन ग्रुनरले सिर्गालाई १० दिनको उमेरकी हुँदा उद्धार गरेका थिए । आमाले एक्लै छोडेर गएपछि अलपत्र भएकी १० दिनकी सिर्गालाई उद्धार गरेर हुर्काइएको हो । सिर्गाको उमेर अहिले ९ वर्ष भएको छ ।

बोत्स्वानाको एक वन्यजन्तु परियोजनामा राखिएकी सिर्गा र भ्यालेन्टिनको यो मित्रताको भिडियो अनलाइनमा दशौं लाखले हेरेका छन् । उनीहरुको यो मित्रता विश्वव्यापी रुपमा सनसनी बनेको छ । उनीहरु भ्यालेन्टिनकी पार्टनर ३३ वर्षकी साराको साथमा बोत्स्वानाको कालाहारी मरुभूमिमा रहेको मोदिसा वन्यजन्तु परियोजनामा बस्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *