सपिङ मलमा गएर सामान चोर्न पल्केकी महिला साढे ३ करोडका सामान चोरिसकेपछि पक्राउ

डिसी नेपाल
२८ मंसिर २०७८ १३:२७
6.6k
Shares

काठमाडौं। अमेरिकामा एक महिलालाई ३ करोड ६० लाख भन्दा मूल्यको सामान चोरी गरेको आरोपमा पक्राउ परेकी छिन् । पुलिसले उनको घरबाट चोरीका सामानको थुप्रो नै फेला पारेको छ । महिला निकै चलाखीपूर्ण तरिकाले मलबाट सामान चोरेर फरार हुन्थिन् । पुलिसले उनको बारेमा कैयौं आश्चर्यजनक खुलासा गरेको छ ।

डेलीमेलका अनुसार ३८ वर्षकी यी महिलाको नाम एकातेरिना जारकोभा हो । उनी क्यालिफोर्नियाको कोस्टा मेसामा बस्छिन् । जारकोभाको घरबाट पुलिसले ३ लाख डलरभन्दा धेरै मूल्यका चोरीका सामान बरामद गरेको छ । कथित रुपमा उनले यो सामान अक्टोबर र नोभेम्बरको बीचमा ठूला ठूला सपिङ मलबाट चोरी गरेकी हुन् ।

एकातेरिनालाई २३ नोभेम्बरमा गुच्ची, प्राडा र जिम्मी चू जस्ता ठूला र महंग्रा ब्राण्डका सामान चोरी गरेपछि सपिङ मल बाहिरबाट पक्राउ गरिएको थियो । पुलिसले उनको कारको जाँच गर्दा पुलिस नै दंग परेको थियो । उनको कारमा डिक्कीदेखि सिटसहित हरेक ठाउँ कपडा, ग्रोसरी र अन्य सामानले भरिएको थियो ।

रिपोर्टका अनुसार जारकोभा एउटा खाली झोला लिएर सपिङ मलभित्र जान्थिन् । आफूलाई मन परेका महंगा महंगा सामान झोलामा हाल्थिन् । सामान झोलामा हाल्ने बेला उनले सामानबाट एन्टि थेफ्ट सेन्सर निकालेर भित्रै छोड्थिन् । त्यसपछि उनी पैसा नदिइ बाहिर निस्किन्थिन् । सामानमा एन्टि थेफ्ट सेन्सर नभएपछि पैसा नतिरी सामान लिएर बाहिर निस्किँदा अलार्म बज्दैन ।

एक दिन भने एउटा ब्राण्डेड कपडाको स्टोरमा चोरी गरिरहेका बेला उनीस् समातिइन् । त्यसपछि एकपछि अर्को गर्दै उनको पोल खुल्दै गयो । पुलिस टिमले उनको घर खानतलासी गर्दा उनको घरमा करोडौंको सामान भेटियो । यी सबै सामान उनले अलग अलग मलबाट २ महिनामा चोरी गरेकी थिइन् । पुलिसले उनीविरुद्ध मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *