बिरामीको अर्को खुट्टा शल्यक्रिया गर्ने चिकित्सकलाई अदालतले सुनायो जरिवाना

डिसी नेपाल
२९ मंसिर २०७८ ७:३०
104
Shares

वासिंगटन। अस्ट्रेलियामा बिरामीको अर्को खुट्टाको शल्यक्रिया गर्ने एक चिकित्सकलाई दन्ड जरिवाना तोकिएको छ। दायाँ खुट्टाको सट्टा भूलबश विरामीको वायाँ खुट्टाको शल्यक्रिया गर्ने चिकित्सकलार्ई अदालतले २७ सय यूरो जरिवाना सुनाएको हो।

लिन्जस्थित एक अदालतले चिकित्सकले लापरबाहीपूर्वक एक ४३ वर्षीय बिरामीको सद्दे खुट्टाको शल्यक्रिया गरेर उनलाई थप पीडा दिएको फैसलामा जनाएको छ ।

नियमित रुपमा ब्यान्डेज फेर्न आउने बेलामा नर्सले चिकित्सकले भूलवश विरामीको अर्को खुट्टा शल्यक्रिया गरेको थाहा पाएकी थिइन् । त्यस लगत्तै विरामीलाई अर्को खुट्टाको शल्यक्रिया गर्नुपर्ने जानाकारी दिइएको थियो।

‘दुर्भाग्यपूर्ण परिस्थिति’ का कारण बिरामीको अर्कौ खुट्टाको शल्यक्रिया हुन पुगेको अस्पतालले जनाएको थियो । सो गम्भीर गल्तीका लागि चिकित्सकका तर्फबाट अस्पतालका निर्देशकले सार्वजनिक रुपमा क्षमा याचना गरेका थिए ।

शल्यक्रिया गर्ने कक्षमा आदेश दिने प्रक्रियामा एउटा त्रुटी देखिएको ती दोषी चिकित्सकले बताएकी थिइन्। वायाँको सट्टा किन दायाँ खुट्टा शल्यक्रिया गरिएको थियो भन्ने सन्र्दभमा उनले भनेकी थिइन्, ‘मलाई त्यसबारे केही थाहा भएन् ।’ सो घटनापछि उनलाई अर्को क्लिनिकमा सरुवा गरिएको थियो। अदालतले फैसला सुनाउनुअघि पीडित परिवारलाई अस्पातालले ५ हजार डलर क्षतिपूर्ति दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *