अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बोस्टन र वासिंगटनको जनसंख्याभन्दा बढी

डिसी नेपाल
२९ मंसिर २०७८ १०:४७
256
Shares

न्युयोर्क। अमेरिकामा कोभिडबाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ। यो संख्या अमेरिकी सहर बोस्टन र वासिंटनको जनसंख्या भन्दाबढी हो। अहिलेसम्म पाँच करोड अमेरिकीलाई कोभिड संक्रमित भएका छन्। मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन्। कोभिडबाट गत वर्षभन्दा यो बर्ष धेरै अमेरिकीको मृत्यु भएको छ।

खोपको पहुँचको बाबजुद पनि अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो ११ सातामा १ लाख जनाको मृत्यु भएको छ। यो दर यसअघिको तुलनामा निकै धेरै हो।

आजभन्दा ६५० दिनअघि सियाटलमा कोभिडबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो । गत वर्ष फाइजर खोपलाई स्वीकृति दिएपछि पनि अमेरिकामा कोभिडकै कारण ३ लाख जनाको मृत्यु भइसकेको छ।

अप्रिलमा अमेरिकाले मोडेर्ना र जोनसन एन्ड जोनसनलाई पनि स्वीकृत गरेको थियो । यी तीनै खोप अहिले सबै उमेर समूहका व्यक्लिाई सर्वसुलभ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *