पहिलो सीडीएसको मृत्यु भएपछि भारतीय सेनाको नेतृत्व प्रणाली नै परिवर्तन

डिसी नेपाल
१ पुष २०७८ १०:५०
7.3k
Shares

काठमाडौं। हेलिकप्टर दुर्घटनामा देशका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको मृत्यु भएपछि भारतीय सेनाको नेतृत्व प्रणाली नै परिवर्तन गरिएको छ । भारतीय सेनाले फेरि पुरानै व्यवस्था सुरु गरेको छ । यद्यपि यो पुरानो व्यवस्था नयाँ सीडीएस नियुक्त नहुँदासम्मको लागि अस्थायी रुपमा लागू गरिएको बताइएको छ । सीडीएस पद हुनुभन्दा पहिले भारतीय सेनाको नेतृत्व चीफ अफ स्टाफ कमिटीले गर्थे । अहिले पनि सेनाप्रमुद जनरल मनोज मुकुन्द नरवणेलाई चीफ अफ स्टाफ कमिटीको अध्यक्ष बनाइएको छ । अब सेनाको नेतृत्व उनैले गर्नेछन् ।

सीडीएस पद हुनुभन्दा पहिले चीफ अफ स्टाफ कमिटीले नै जल, स्थल र वायु सेनाबीच समन्वयको काम गर्थ्यो । यो कमिटीमा तीनै सेनाका प्रमुख हुन्छन् । तीनवटै सेनाका प्रमुखमध्ये जनरल नरवणे सबैभन्दा बरिष्ठ भएकोले उनलाई कमिटीको अध्यक्ष बनाइएको हो । सूत्रका अनुसार जबसम्म नयाँ सीडीएसको नियुक्ति हुँदैन तबसम्म यही व्यवस्था रहनेछ । यसअघि चीफ अफ इन्टिग्रेटेड डिफेन्स स्टाफले सीडीएस जनरल रावतलाई रिपोर्टिङ गर्दै आएकोमा अफ चीफ अफ स्टाफ कमिटीका अध्यक्ष जनरल नरवणेलाई रिपोर्टिङ गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *