सन् २०२२ मा काेभिड महामारी विश्वबाटै समाप्त हुन्छः डब्लूएचओ
न्युयोर्क। सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की एक अधिकारीले दाबी गरेकी छिन्। डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन्।
‘सन् २०२२ मा विश्वव्यापी रुपमा नै कोभिड समाप्त हुनेछ । हामीसँग विभिन्न स्रोत साधन छन्। केही महिनापछि कोभिडबाट मृत्यु हुनेको संख्या हवात्तै घट्ने छ,’ भ्यानले भनिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन ७० भन्दाबढी देशमा फैलिरहेका बेला उनको भनाइ आएको हो ।
विश्वव्यापी महामारीबाट सम्पूर्ण विश्व नै प्रभावित छ। भारतमा देखिएको डेल्टा भेरियन्टकाे जाेखिमबाट केही देशले शान्तिकाे सास फेरिरहेका बेला कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढ्दो छ।
डब्लूएचओले आगामी वर्षसम्म विश्वका सबै देशमा पूर्ण खोप लगाउने लक्ष्य लिएको छ, जसअनुसार सन् २०२२ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको ७० प्रतिशत जनसंख्यामा रोग प्रतिरोध क्षमता बृद्धि गरिनेछ ।







डिसी नेपाल







Facebook Comment