फिलिपिन्समा राइ आँधीबाट हजारौं विस्थापित
मनिला। दक्षिणी फिलिपिन्समा तीव्र गतिमा विकसित आँधीका कारण हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ। राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो।
आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो।
तीव्र रुपमा विकसित आँधी मध्य फिलिपिन्स र दक्षिणी सुरिगाओ प्रान्ततर्फ बढिरहेको त्यहाँको मौसम विभागले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment