युनेस्कोको सांस्कृतिक सम्पदामा सूचिकृत हेइटीको जोउमोउ सुपबारे यस्तो छ तथ्य

डिसी नेपाल
२ पुष २०७८ १०:१७
68
Shares

पोर्ट–अउ– प्रिन्स। राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले हेइटीको जोउमोउ सुपलाई सांस्कृतिक सम्पदाको सूचीमा राखेको छ। सुपले खानेकुराभन्दा पनि विशेष अर्थ राख्ने युनेस्कोले जनाएको छ। युनेस्कोको सांस्कृति सम्पदा समितिले बिहीबार जोउमोउलाई सांस्कृति सम्पदा सूचीमा राखेको हो।

जिराउमोनसमेत भनिने यो सुप फर्सी, सागसब्जी, मासु, पास्ता र केराबाट बनाइन्छ। ‘विभिन्न समुदायलाई उनीहरुको अद्वितीय जानाकारी र परम्परालाई जोड्न् र सामाजिक एकता सशक्त पार्न अमूर्त सांस्कृतिक सम्पदाको आफ्नै क्षमता छ,’ युनेस्कोका महानिर्देशक अउड्रे एजोउले एक विज्ञप्तिमा भनेका छन् । सामाजिक लचकताका लागि सांस्कृतिक सम्पदाको मुख्य भूमिका हुने उनको भनाइ छ।

यो सुपको आफ्नै एतिहासिक महत्व छ। सुरुमा केही सिमित व्यक्तिमा मात्र प्रचलनमा रहेको जोउमोउ सुप सन् १८०४ मा फ्रान्सबाट स्वतन्त्र भएपछि सर्वसाधारणले पनि खान थालेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *