‘मिस वर्ल्ड २०१८’ को फाइनल भोलि, नेपाली सुन्दरी शृङ्खलाले रच्लिन् त इतिहास ?
काठमाडौं। चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनल भोलि अर्थात डिसेम्बर ८ मा हुँदैछ । यसपटक मिस नेपाल २०१८ श्रृंखला खतिवडा प्रतियोगितामा सहभागी भएकाले धेरैको ध्यान भोलिको उपाधि के होला भन्ने तर्फ रहेको छ।
हेड टु हेड च्यालेन्जको राउण्डबाट टप ३० मा पुग्न नसकेकी श्रुंखला गत सोमबार भएको प्रतिस्पर्धामा मिस मल्टिमिडिया र ब्युटी विद द पर्पोज अवार्ड जित्दै अन्तत : टप ३० मा आफ्नो स्थान बनाउँन सफल भएकी थिइन् ।
मिस वर्ल्डमा आफ्नो प्रभाव छोड्न सफल नेपाली सुन्दरी खतिवडा उपाधि दाबेदारको रुपमा प्रतिस्पर्धामा छिन्।अन्य देशका सुन्दरी भन्दा भोटिङमा अग्रस्थानमा देखिएकाले पनि उनी मिस वल्र्डको दाबेदारका रुपमा आफूलाई प्रस्तुत गर्न सफल भएकि हुन्।
श्रृंखलाका पछिल्ला क्रियाकलाप र उनका प्रस्तुतिले यो पटक उनलाई मिस वल्र्डको दाबेदारका रुपमा हेरिएको हो । श्रृंखलाले भोलि उपाधि जिते यो नेपालका लागि ऐतिहासिक हुने छ । अहिलेसम्म नेपालले उपाधि हत्याउन सकेको छैन्।
लाखौं नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रुपमा लिएका छन् । विशेषगरी सामाजिक सञ्जालमा धेरैले उनलाई जितको शुभकामनासँगै आत्मवल उच्च राख्न सुझाव दिएका छन्। मिस वल्र्डमा श्रृङ्खलालाई हौस्याउन उनका बुबा आमा सान्या पुगेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment