जो बाइडेनको नाम भन्न नजान्दा पैसा बर्सियो, घरबारविहीन व्यक्तिले पाए ४४ लाख रुपैयाँ

डिसी नेपाल
३ पुष २०७८ १२:०१
8.1k
Shares

काठमाडौं। टिकटक प्रयोगकर्ताहरुले एक जना घरबारविहीन व्यक्तिको लागि ४४ लाख रुपैयाँ जम्मा गरिदिएका छन् । खासमा यी व्यक्तिको एउटा भिडियो भाइरल भएको थियो । यो भिडियोमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनको नाम गलत उच्चारण गरेर जो बिरोन भनेका थिए । उनको यो भनाइको टिकटक साउण्ड बिंग बोंग भाइरल भयो । यी व्यक्ति घरबारविहीन थिए ।

बिजनेस इनसाइडरको रिपोर्टअनुसार यी व्यक्ति सेप्टेम्बरमा युट्युबको एक कम्लिलेशन च्यानल साइड टकमा एउटा भिडियोमा देखिएका थिए । यो भिडियोमा उनले सडकमा आफ्नो कला देखाइरहेका थिए । भिडियोमा उनलाई एंकरले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई के भन्न चाहन्छौं भनेर सोधेका थिए । जवाफमा उनले पहिले अमेरिकी राष्ट्रपतिको नाम गलत उच्चारण गरे त्यसपछि राष्ट्रपतिलाई सम्बोधन गर्दै ‘मलाई डिनरमा लैजाउ’ भने ।

यो भिडियोमा एंकरले न्यूयोर्कको सडकमा धेरै व्यक्तिहरुसँग कुरा गरेका थिए तीमध्ये यी व्यक्ति पनि एक थिए । यो भिडियो १० अक्टोबरमा टिकटकमा पोस्ट भयो । त्यसपछि युट्युब कम्पिलेशन च्यानलमा प्रयोग भएको अडियो टिकटकमा भाइरल भयो । यसलाई कैयौं सेलिब्रेटीले पनि शेयर गरे । यो साउण्डलाई टिकटकमा ह्याशट्याग जोबिरोन सहित शेयर गरिएको थियो ।

२ डिसेम्बरमा यो भिडियो जो म्याकक्रेअरीले फेरि शेयर गरे । उनले यी व्यक्तिको नाम टिजे भएको बताउँदै टिकटक प्रयोगकर्ताको लागि सन्देश लेखे । सन्देशमा जोले यी व्यक्तिको घर नभएकोले उनलाई सहयोग गर्न अपिल गरे । त्यसपछि यो भिडियो टिकटकमा एक करोडभन्दा धेरैले हेरिसकेका छन् । जोले टिजेलाई सहयोग गर्न गोफण्डमी पेज बनाएका थिए । सो समाचार तयार पार्दासम्म गोफण्डमी पेजमा ३६ हजार ६१० डलर (४४ लाख रुपैयाँ) सहयोग संकलन भइसकेको छ जसका लागि २ हजारभन्दा धेरैले आर्थिक सहयोग गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *