भारतसँग परमाणु युद्धका विषयमा इमरान खानले के भने ?
काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यदि भारतले पाकिस्तानमा एयरस्ट्राइक गरेमा त्यसको जवाफ त्यही आक्रामकताका साथ दिइने बताएका छन् । कतारको समाचार च्यानल अल जजीरालाई दिएको एक अन्तरवार्तामा इमरान खानले भने ‘यदि भारतको फासीवादी बिजेपी सरकारले यस्तो गर्यो भने मलाई डर छ कि दुई परमाणु शक्तिहरु आमने सामने हुनेछन् ।’
अल जजीरालाई दिएको अन्तरवार्तामा इमरान खानले भारत र पाकिस्तानबीच परमाणु युद्धको सम्भावनाबारे भने ‘यदि भारतले एयर स्ट्राइक गर्छ भने त्यसको जवाफ त्यही आक्रामक तरिकाले दिइनेछ जसरी फेब्रुअरी २०२९ मा दिइएको थियो । बिजेपीको फासीवादी सरकार यदि यस्तो किसिमको हमला गर्छ भने, जस्तो उसले पहिले पनि गरिसकेको छ, मलाई डर छ कि दुई परमाणु शक्तिहरु आमने सामने हुनेछन् र यसको परिणाम भयावह हुनेछन् । कुनै कट्टर दिमागले मात्र यस्तो सोच्न सक्छ ।’
इमरान खानले भारतीय जनता संवेदनशील र समझदार भए पनि उनीहरुमाथि राज भने कट्टरपन्थीहरुले गरिरहेको बताए । भारत प्रशासित कश्मीरबारे कुरा गर्दै उनले भने ‘हालत जेलजस्तै छन् । सेनाको डरको छायामा ८० लाख कश्मीरी खुला जेलमा बस्न बाध्य छन् ।’ संयुक्त राष्ट्रसंघको सुरक्षा परिषददेखि इस्लामिक देशको फोरममा समेत आफूले कश्मीरको मुद्दा उठाएको बताउँदै उनले कश्मीरको मुद्दा हरेक मञ्चमा उठाउने बताए ।







डिसी नेपाल







Facebook Comment