१४ वर्षका किशोरलाई दर्जनौं भुस्याहा कुकुरहरुले बीच बाटोमा चिथोरी–चिथोरी मारे
काठमाडौं। दर्जनौं भुस्याहा कुकुरहरुले बीच सडकमा एक्लै रहेका १४ वर्षका किशोरलाई चिथोरी चिथोरी मारेका छन् । कुकुरको समूहले अचानक किशोरमाथि आक्रमण गरेको बताइएको छ । भारतको हिमाचल प्रदेशको ऊनामा सडकमा हिँडिरहेका ती किशोरलाई कुकुरहरुले विभत्स तरिकाले चितोरेर रगताम्य बनाएको भारतीय मिडियाले जनाएका छन् ।
किशोरलाई घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो तर केहीबेरमै उनको मृत्यु भयो । पुलिसले शवलाई पोस्टमार्टमको लागि पठाएको छ । यो घटनापछि स्थानीय त्रसित छन् । स्थानीयले प्रशासनसँग जनधनको सुरक्षाको आग्रह गरेका छन् । किशोर मानसिक रुपमा अस्वस्थ भएको र सडकमा घुमिरहने गरेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार अचानक कुकुरहरुले आक्रमण गरेपटि किशोरले बच्ने धेरै प्रयास गरेका थिए तर कुकुरहरुको संख्या धेरै भएकोले उनले आफूलाई बचाउन सकेनन् ।
स्थानीयले प्रशासनसँग भविष्यमा यस्तो घटना फेरि हुन नसकोस् भन्ने हेतुले प्रशासनसँग बलियो सुरक्षा व्यवस्थाको माग गरेका छन् । पुलिसले पोस्टमार्टमपछि शव परिवारलाई दिइने बताएको छ । डाक्टरका अनुसार किशोरको शरीरमा घाउ निकै गहिरो थिए र रगत धेरै बगेकोले उनलाई बचाउन सकिएन । घटनापछि किशोरका परिवार गहिरो शोकमा छन् ।







डिसी नेपाल







Facebook Comment