सलमान खानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरे

डिसी नेपाल
५ पुष २०७८ १०:५०
100
Shares

काठमाडौं। ‘बजरंगी भाइजान’ सलमान खानको करिअरका सबैभन्दा लोकप्रिय फिल्महरुमध्ये एक हो । फिल्मका लागि फ्यानले दिएको प्रेम र सफलताले सलमान खानले यो फिल्मको सिक्वेल ‘बजरंगी भाइजान २’ घोषणा गरेका छन् ।

सलमान खानले एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’को प्रि रिलिज इभेन्टका क्रममा बजरंगी भाइजान २ को घोषणा गरेका हुन् । सिक्वेलको कथा एसएस राजामौलीका पिता केभी विजयेन्द्र प्रसादले लेख्नेछन् । विजयेन्द्र प्रसादले नै बजरंगी भाइजानको कथा पनि लेखेका थिए । विजयेन्द्र प्रसाद ती सुपरहिट कथा लेखक हुन् जसले बाहुबलीका दुवै भाग, मगधीरा, झँसीकी रानी मणिकर्णिका, जयललिताको बायोपिक थलाइवी, आरआरआर लगायतका ब्लकबस्टर फिल्मका कथा लेखेका छन् ।

बेभी विजयेन्द्र प्रसादले लेखेको कथामा बनेको बजरंगी भाइजानको निर्देशन कबीर खानले गरेका थिए । यो फिल्ममा सलमानको साथमा करिना कपूर खान, नवाजुद्दीन सिद्धिकी र बाल कलाकार हर्षाली मल्होत्रा प्रमुख भूमिकामा थिए । २०१५ मा रिलिज भएको यो फिल्म भारत र पाकिस्तानको सम्बन्धको विषयमा बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.