‘मोक्ष’को लागि पूरै परिवारको विनाश, एउटै घरबाट निस्किए ५ लाश

डिसी नेपाल
५ पुष २०७८ १६:२३
4.3k
Shares

काठमाडौं। भारतको हरियाणाको हिसारमा एक व्यक्तिले आफ्नी पत्नी र तीन सन्तानको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । पुलिस जाँचमा भएको खुलासा अनुसार आत्महत्या गर्ने रहेशले मोक्षा प्राप्त गर्न चाहन्थे यही कारण उनले यस्तो कदम उठाए । यो घटनापछि गाउँमा खैलाबैला भएको छ ।

नंगथला गाउँका रमेशले आफ्नी पत्नी र तीन छोराछोरीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् । पुलिसले पाँचवटै लाशलाई पोस्टमार्टमको लागि अग्रोहा मेडिकल अस्पताल पठाएको भारतीय मिडिया रिपोर्टमा जनाइएको छ । मृतकहरु रमेशकी पत्नी सुनिता तथा १५ र १३ वर्षका २ छोरी र १० वर्षका छोरा छन् ।

अनुसन्धानमा पुलिसले बरामद गरेको रमेशको डायरीमा लेखिएको छ ‘यो संसार बस्न लायक छैन । म यो संसारमा रहन चाहन्न तर सोच्छु कि मेरो मृत्युपछि परिवारको के हुन्छ त्यसैले मैले रातमा नै खीर पकाएँ, त्यसमा नशालु पदार्थ हालिदिएँ र यो खीर पत्नी र छोराछोरीलाई खुवाइदिएँ ।’

पुलिसका अनुसार रातमै रमेशले कोदालोले हानेर पत्नी र छोराछोरीको हत्या गरे । त्यसपछि उनले बिजुलीको तारबाट करेन्ट लगाएर आत्महत्याको कोसिस गरे तर करेन्ट लागेन । यो प्रयास विफल भएपछि उनले कुनै गाडीअगाडि आएर आत्महत्या गरे । मृतकको अग्रोहामा पसल छ र उनी पेन्टरको काम गर्थे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *