‘शी जिनपिङ हत्यारा हुन् र जो बाइडेन उनीसँग डराउँछन्’

डिसी नेपाल
६ पुष २०७८ ११:४०
3.2k
Shares

काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिङलाई ‘हत्यारा’ भनेका छन् । फक्स न्यूजकी मारिया बार्टिरोमोसँग एक अन्तरवार्ताका क्रममा ट्रम्पले भने ‘शी जिनपिङ एक हत्यारा हुन् जसले विश्वको विनाश गरे । यद्यपि कोरोनाभन्दा पहिले हाम्रो राम्रो मित्रता थियो ।’

अन्तरवार्ताको क्रममा ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको पनि निकै आलोचना गरे । अन्तरवार्ताका क्रममा ट्रम्पले भने ‘जिनपिङले कोरोना फैलाएर पूरै विश्वको विनाश गरे । उनी एक हत्यारा हुन्, तर एक समय हामीबीचमा निकै राम्रो सम्बन्ध थियो ।’ पूर्व अमेरिकी राष्ट्रपतिले लगातार यो आरोप लगाइरहे कि कोरोनाभाइरस चीनको एक प्रयोगशालामा तयार भएको थियो जहाँबाट चिनियाँ अधिकारीहरुको आदेशपछि त्यसलाई पूरै विश्वमा फैलाइयो ।

ट्रम्पले भने ‘जब कोरोना महामारी आयो त्यसपछि शी जिनपिङ र मेरो मित्रता समाप्त भयो ।’ यद्यपि ट्रम्पले २०१६ मा सत्ता सम्हालेपछि नै अमेरिका र चीनबीच तनाव सुरु भएको थियो । अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले आफू सत्तामा रहँदा चीनप्रति लक्षित कैयौं अर्का बयान दिएका थिए र व्यापार युद्धको सुरुवात गरेका थिए ।

जो बाइडेनको कडा आलोचना गर्दै डोनाल्ड ट्रम्पले बाइडेन चीनका राष्ट्रपतिसँग डराउने गरेको आरोप लगाए । यही कारण बाइडेनले कोरोनाभाइरसको उत्तपत्तिबारे पत्ता लगाउनको लागि आफ्ना अधिकारीहरुलाई दबाब नदिएको ट्रम्पको आरोप थियो । ट्रम्पले लगातार यो आरोप लगाइरहे कि बाइडेन अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी उठाउन लायक छैनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *