तालिबानले झुक्किएर पुरानो सरकारको खातामा करोडौं पठायो, गल्ती थाहा पाएपछि…
काठमाडौं। तालिबान सरकारले गएको सेप्टेम्बरमा गल्तीवश ताजकिस्तानस्थित देशको दूतावासको खातामा ८ लाख डलर पैसा ट्रान्सफर गरिदियो । गल्ती महसुस भएपछि जब तालिबानले पैसा फिर्ता माग्यो, उताबाट यो पैसा फिर्ता दिन अस्वीकार गरियो ।
अशरफ गनी सरकारको पालामा ताजिकिस्तानमा नियुक्त गरिएका राजदूत मोहम्मद जहीर अघबरले भने ‘अघिल्लो सरकारले यो पैसा यहाँ हुने खर्च र कर्मचारीलाई तलब दिनको लागि स्वीकृत गरेको थियो ।’ अघबरका अनुसार अशरफ गनी सरकारले यो पैसा अफगान दूताबासको खातामा पठाउनुपर्ने थियो तर तालिबानको नियन्त्रणपछि गनी देश छोडेर गए र परिस्थिति बदलियो । उनले तालिबानलाई पैसा फिर्ता नदिने बताउँदै यो पैसा दूतावासको आवश्यकता र ताजिकिस्तानमा शरणार्थी अफगानी बालबालिकाको पढाइमा खर्च गरिने बताए ।
केही मिडिया रिपोर्टमा भने दूतावासको खातामा ४ लाख डलर मात्र ट्रान्सफर गरिएको बताइएको छ । सुरुवातमा तालिबानले यस विषयमा केही भनेको थिएन । तर, नोभेम्बरमा जब देशको अवस्था निकै खराब भयो त्यसपछि रकम फिर्ता माग्नको लागि ताजिक अधिकारीहरुसँग सम्पर्क गरियो । जब तालिबानले पैसा फिर्ता दिन भन्यो ताजिक अधिकारीहरुले स्पष्ट रुपमा अस्वीकार गरे ।







डिसी नेपाल







Facebook Comment