जापानको चिबामा कीर्तिमानी वर्षा: चार जनाको मृत्यु, नारिता विमानस्थलमा हजारौँ यात्रु अलपत्र
काठमाडौं । जापानको चिबा प्रान्तमा भएको कीर्तिमानी भीषण वर्षाका कारण चार जनाको मृत्यु भएको छ भने हजारौँ यात्रुहरू टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा रातभर अलपत्र परेका छन्।
राजधानी टोकियो नजिकै रहेको चिबामा बिहीबार दिउँसोदेखि प्रतिघण्टा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। अधिकारीहरूका अनुसार यो अगस्ट महिनामा हुने औसत वर्षाभन्दा करिब तीन गुणा बढी हो र देशमै हालसम्म दर्ता गरिएको सबैभन्दा बढी वर्षा हो।
मूसलधारे वर्षाका कारण रेल, बस तथा ट्याक्सी सेवाहरू पूर्ण रूपमा ठप्प भएका छन्। यस्तै, चिबा क्षेत्रका २० हजारभन्दा बढी घरहरूमा बिजुली सेवासमेत अवरुद्ध भएको छ।
परिस्थितिलाई ध्यानमा राख्दै उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। अधिकारीहरूले स्थितिको निरन्तर अनुगमन गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment