हेलिकप्टर दुर्घटना भएर समुद्रमा खसेपछि १२ घण्टा पौडिएर किनारामा पुगे देशका मन्त्री

डिसी नेपाल
७ पुष २०७८ १४:१९
6.9k
Shares

काठमाडौं। अफ्रिकी देश माडागास्करका एक मन्त्रीले आफू सवार हेलिकप्टर दुर्घटना भएर समुद्रमा खसेपछि आफू १२ घण्टासम्म पौडिएर किनारासम्म पुगेको बताएका छन् । हेलिकप्टर एक उद्धार मिशनको क्रममा दुर्घटना भएको थियो । पौडिएर किनारामा आएका पुलिस मन्त्री सेर्गे गेल्लेले भने ‘यो मेरो मर्ने समय थिएन ।’

हेलिकप्टरमा उनीसँगै उद्धारमा गएका अन्य दुई सुरक्षा अधिकारी पनि बच्न सफल भएका छन् । यो उद्धार टोलीले देशको उत्तर पूर्वी क्षेत्रमा उद्धारको कार्य गरिरहेको थियो जहाँ यात्रुवाहक पानीजहाज डुबेको थियो । यो जहाज डुब्दा कम्तीमा ३९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । हेलिकप्टर दुर्घटना भएपछि १२ घण्टा पौडिएको बताएका मन्त्री गेल्लेले आफूलाई कुनै चोट नलागेको तर अत्यन्तै चिसो भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *