जन्मनेबित्तिकै आमाले डरलाग्दो जंगलमा फ्याँकिदिएकी बालिकाको २ दिनपछि जीवितै उद्धार

डिसी नेपाल
७ पुष २०७८ १५:५६
1.0k
Shares

काठमाडौं। थाइल्याण्डमा डरलाग्दो जंगलबाट स्थानीय मानिसहरुले एक नवजात बालिकाको उद्धार गरेका छन् । यी बालिका केवल २ दिनकी थिइन् । उनी करिब ४८ घण्टासम्म जंगलमा एक्लै रहिन् । मानिसहरुले फेला पार्दा उनको सास चलिरहेको थियो । डेलीमेलका अनुसार आइतबार क्राबी प्रान्तमा स्थानीयले रुखबाट रबर जम्मा गर्ने क्रममा यी बालिकालाई फेला पारेका थिए । उनी बिना कपडा केराका घना रुखहरुको बीचमा फ्याँकिएकी थिइन् ।

बालिकाको अनुहारमा चिथोरिएका चोटहरु थिए साथमा उनको शरीरमा किराहरु घुमिरहेका थिए । उनी लामो समयदेखि जंगलम फ्याँकिएकी थिइन् । स्थानीयले उठाएपछि उनी रुन थालिन् । जानकारी पाउनासाथ पुलिस टिम र एम्बुलेन्स घटनास्थल पुगेका थिए । त्यसपछि बालिकालाई एउटा कम्बलमा बेरियो र एम्बुलेन्समा लगेर डिहाइड्रेसनको उपचार सुरु गरियो । अहिले उनलाई डाक्टरको निगरानीमा राखिएको छ र उनको हालत ठिक छ ।

बालिकालाई जुन जंगलमा भेटिएको थियो त्यो जंगलमा कोबरा र अजिंगर जस्ता खतरनाक जनावर पाइन्छन् । यतिमात्र होइन दिउँसोमा त्यो ठाउँको तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्छ । यस्तोमा त्यो ठाउँमा बालिका जीवितै भेटिनु अविश्वसनीय मानिएको छ । पुलिसले बालिकाकी आमाको खोजी भइरहेको बताएको छ । आसपासका अस्पतालमा कुनै महिलाले छोरी जन्माएको जानकारी छैन । कर्नल प्रसित योडथोंगले महिलाले बालिकालाई अन्तै जन्माएर यहाँ ल्याएर छोडेको हुन सक्ने आशंका गरिएको बताए ।

कर्नल योडथोंगका अनुसार अहिले पुलिसले बालिकाकी आमाको खोजी गरिरहेको छ र उनीविरुद्ध आपराधिक मुद्दा पनि चलाइनेछ । बालिका २ दिनदेखि त्यहाँ थिइन् । त्यस्तो जंगलमा पूरै रात एक्लै रहँदा पनि उनी बचिन् । अहिले डाक्टरको निगरानीमा उनलाई खाओ फनोम अस्पतालमा राखिएको छ । पूरै ठिक भएपछि उनलाई क्राबी प्रान्तीय प्रशासनमा लगिनेछ त्यसपछि प्रक्रिया पूरा गरेर उनलाई चाइल्ड केयरमा राखिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *