लागुऔषधसहित पक्राउ
सांकेतिक तस्बिर
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक जना व्यक्ति पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले पोखरा–३० पावर हाउस चोकस्थित पृथ्वीराजमार्ग सडकखण्डमा सवारीसाधन चाँचका क्रममा स्याङ्जाको फेदीखोला–२ सर्केटारी स्थायी घर भई पोखरा–६ लेकसाइड बस्ने २९ वर्षीय प्रदीप विकलाई पक्राउ गरिएको निमित्त प्रवक्ता प्रनि दीपक केसीले जानकारी दिए ।
उनका अनुसार विकलाई डाइजापाम–५१ एम्पुल, फेनारगन–५१ एम्पुल र नर्फिन–५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध, रु पाँच हजार, एक थान मोबाइलसहित पक्राउ गरिएको हो । निजलाई लागुऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment