ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

डिसी नेपाल
७ पुष २०७८ १९:२१
24
Shares

काठमाडौँ । सप्तरीको कञ्चनरूप नगरपालिका–२ कञ्चनपुरबाट २२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय युवकलाई प्रहरीले आज पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जयप्रकाश पासवान रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरूप नगरपालिका–२ कञ्चनपुरस्थित जाँच गर्ने क्रममा बीआर ५० आर २४९६ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको साथबाट २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । यता पक्राउ गरिएको दुवै जनामाथि म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.