ओमिक्रोन त्रास : उत्तरी आयरल्याण्डमा २७ डिसेम्बरबाट नाइटक्लब बन्द
काठमाडौं। उत्तरी आयरल्याण्डमा रात्रि क्लब डिसेम्बर २७ बाट बन्द गरिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्नका लागि नयाँ प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।
त्यहाँको सरकारले उत्तरी आयरल्याण्डमा बढ्दो कोरोना नियन्त्रणमा सहयोग पुग्ने उपायको खोजीका लागि छलफल गरिरहेका छन्। पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि भइरहेको छ भने ओमिक्रोन संक्रमितको संख्या पनि बढिरहेको छ।
संक्रमितको संख्या बढिरहँदा कतिपय देशले संक्रमणलाई रोक्नका लागि विभिन्न उपायहरु अपनाउन थालका छन्। बेलायतमा पछिल्लो केही दिन यता दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको भन्दै सावधान बन्न र बुस्टर डोज खोप लगाउन अपिल गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment