डायनोसोरको पूर्ण विकसित बच्चासहितको अण्डा भेटियो
काठमाडौं। वैज्ञानिकहरुले डायनोसोरको पूर्ण विकसित बच्चा सहितको अण्डा फेला पारेका छन् । यो अण्डाभित्र भ्रुण पूर्ण रुपमा विकसित भइसकेको थियो र यो बच्चा अण्डा फुटाएर बाहिर निस्किने प्रक्रियामा थियो । यो प्रक्रिया ठिक त्यस्तै हो जसरी कुखुराको अण्डा फुटाएर चल्ला बाहिर निस्किन्छन् ।
यो अण्डा दक्षिणी चीनको गांझोउमा भेटिएको थियो । शोधकर्ताहरुले यो भ्रुण कम्तीमा ६६ मिलियन वर्ष पुरानो हुन सक्ने अनुमान गरेका छन् । यो भ्रुण एक दाँतविहीन थेरोपोड डायनोसोर वा ओभिराप्टोरोसोरको भ्रुण हुन सक्ने अनुमान गरिएको छ । यो भ्रुणलाई बेबी येंगलियांग नाम दिइएको छ ।
शोधकर्ता डा. फियोन वायसमका अनुसार अहिलेसम्म शोधकर्ताहरुले जति पनि डायनोसोरका भ्रुण फेला पारेका छन् यो तिनीहरुमध्ये सबैभन्दा राम्रो स्थितिमा फेला परेको भ्रुण हो । यो खोज आफैंमा यसकारण महत्वपूर्ण छ किनकि यसबाट शोधकर्ताहरुलाई डायनोसोर र आजका पंक्षीहरुलाई जोड्ने कडीलाई बुझ्न धेरै सहयोग मिल्नेछ ।

डायनोसोरको भ्रुणको जुन जीवाश्म भेटिएको छ त्यो घुमाउरो स्थितिमा छ जसलाई टर्किग भनिन्छ । यो एक यस्तो स्थिति र व्यवहार हो जो पंक्षीहरुमा पनि पाइन्छ । जतिबेला पंक्षीका चल्लाहरु अण्डाबाट बाहिर निस्किने कोसिस गरिरहेका हुन्छन् उनीहरु पनि यही स्थितिमा हुन्छन् । शोधकर्ता डा. माले समाचार एजेन्सी एएफपीसँग भने ‘यसबाट यो थाहा हुन्छ कि आधुनिक पंक्षीहरुको जुन व्यवहार छ त्यो पहिले उनीहरुको पूर्वज डायनोसोरमा विकसित भएको थियो ।’
ओभिराप्टोरोसोरस, जसको अर्थ हो अण्डा चोरी गर्ने माउसुली । यी पखेटा भएका डायनोसोर थिए । उनीहरु अहिलेको एसिया र उत्तरी अमेरिकाको केही भागमा रहन्थे । त्यो क्रेटेसियस पिरियडको अन्तिम समय थियो जतिबेला यी डायनोसोर पाइन्थे । जीवाश्म विज्ञानी प्रोफेसर स्टिभ ब्रुसेट पनि चीनमा भेटिएको यो जीवाश्मको शोध दलका सदस्य हुन् ।
उनले यस सम्बन्धमा एक ट्वीट गरेका छन् ‘उनी लेख्छन् ‘यो अहिलेसम्म भेटिएर आश्चर्यमा पारिदिने डायनोसोर जीवाश्ममध्ये एक हो ।’ उनका अनुसार यो यस्तो थियो जस्तो उनले पहिले कहिल्यै देखेका थिएनन् । यो भ्रुण अण्डाबाट बाहिर निस्किने संघारमै थियो ।
चीनमा भेटिएको भ्रुण अर्थात बेबी येंगलियांग टाउकोदेखि पुच्छरसम्म १०.६ इन्च लामो छ । यो अण्डा पहिले पटक २००० मा देखिएको थियो तर १० वर्षको लागि यसलाई स्टोरेज गरेर राखिएको थियो । जब संग्रहालयमा निर्माण कार्य सुरु भयो पुराना जीवाश्मको छँटनी गरिँदै थियो त्यही क्रममा शोधकताृहरुको ध्यान यो अण्डामा गयो । उनीहरुलाई आशंका थियो कि यो अण्डाभित्र भ्रुण हुन सक्छ ।







डिसी नेपाल







Facebook Comment