हिमनदी पग्लिँदा एसियाका लाखौं मानिस प्रभावितः अध्ययन
लन्डन। हिमाली क्षेत्रमा तीव्र गतिमा हिउँ पग्लिँदा एसियाका मानिसको जीविकोपार्जनमा ठूलो असर परेको एउटा अध्ययनले देखाएको छ। जलवायु परिवर्तनका कारण अन्य क्षेत्रको तुलनामा एसियामा तीव्र ढंगले हिमनदी पग्लिएको विज्ञहरुले बताएका छन्। जलवायु परिवर्तनले अस्वभाविक ढंगले हिमालको आकारसमेत घटेको जनाइएको छ।
हिमनदी पग्लिँदा एसियाको ब्रह्मपुत्र, गंगा र सिन्धुलगायतका नदीका आश्रित लाखौ मानिस प्रभावित भएका छन्। साइन्टिफक रिपोर्टसमा प्रकाशित सो अध्ययनमा पछिल्ला दशकहरुमा हिमाली क्षेत्रका हिमनदीमा हिउँको मात्रा ४०० वर्ष अगाडिभन्दा १० गुणाले घटेको अध्ययनमा उल्लेख छ।
लन्डनको युनिभर्सिटी अफ लिड्स स्कुल अफ जियोग्राफीका उपप्रमुख तथा अनुसन्धान टोलीका लेखक डा. जोनाथान क्यारिभिक भन्छन्, ‘ हिमनदीको हिउँ अघिल्ला शताब्दीको तुलनामा १० गुणाले घटेको छ।’ हिमनदीले आफ्नो ४० प्रतिशत क्षेत्र गुमाएको र हिमनदी पग्लिँदा निस्किएको पानीले समुद्रको तहमा बृद्धि भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment