मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ सुर्यनगर सोल्टी चोकमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको ना ३० प ९२ ९९ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे दुर्घटना भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ शारदानगरका ३२ वर्षीय जितेन्द्र रसाईली रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान साढे ४ बजे मृत्यु भएको प्रहरी चौकी पार्वतीपुरले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment