पाकिस्तानमा भीडले जलाइदिएका श्रीलंकाली म्यानेजरको ठाउँमा फेरि श्रीलंकाली नै नियुक्त
काठमाडौं। पाकिस्तानको पंजाब प्रान्तको सियालकोटमा एक फ्याक्ट्रीका म्यानेजरको रुपमा कार्यरत एक श्रीलंकाली नागरिकलाई केही हप्ता अगाडि धर्मको नाममा भीडले कुटेर हत्या गरेको थियो । हत्यापछि उनको शवलाई जलाइएको थियो । श्रीलंका सरकारले त्यो घटनाको निन्दा गर्दै यो अपराधमा दोषीलाई छिटो कारवाहीको माग गरेको थियो । यो घटनापछि पाकिस्तानले यो मामिलामा ठूलो पहल गरेको छ ।
जुन फ्याक्ट्रीमा श्रीलंकाली नागरिकलाई भीडले कुटेर मारेका थिए त्यहाँ ती म्यानेजरको ठाउँमा फेरि पनि एक श्रीलंकाली नागरिकलाई नै नियुक्त गरिएको छ । प्रधानमन्त्रीका विशेष प्रतिनिधि हाफिज मोहम्मद ताहिर अशरफीले यो निर्णयको जानकारी दिएका हुन् । उनले बुधबार श्रीलंका हाइ कमिश्नरसँग भेटेका थिए । यो भेटमा उनले भिडले हत्या गरेको घटनाप्रति दुःख व्यक्त गर्दै पाकिस्तान सरकारको यो निर्णयको जानकारी दिइयो ।
भेटमा उनले मृतक प्रियंथा कुमाराको परिवारलाई पाकिस्तान सरकारले अझै पनि आर्थिक सहयोग गर्ने समेत जानकारी दिइयो । उनका छोराछोरीको पढाइको सबै खर्च पनि पाकिस्तान सरकारले दिने भएको छ । फ्याक्ट्रीमा नवनियुक्त श्रीलंकाली को हुन् भन्ने स्पष्ट भइसहेको छैन । सुरक्षाको कारण उनको पहिचान नखुलाइएको बताइएको छ । श्रील्ंकाले पाकिस्तान सरकारको यो प्रस्तावको स्वागत गरेको छ ।







डिसी नेपाल







Facebook Comment