वैज्ञानिकहरु भन्छन्, ओमिक्रोन वेभ अन्य भेरियन्टको तुलनामा मध्यम

डिसी नेपाल
९ पुष २०७८ ८:२०
224
Shares

लन्डन। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण ‘वेभ’ अन्य भेरियन्टको तुलनामा मध्यम स्तरको भएको बेलायतमा गरिएको पछिल्लो एक अध्ययनले जनाएको छ । यसअघि दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा पनि ओमिक्रोन वेभ मध्यम स्तरकै देखिएको थियो।

ओमिक्रोनबाट संक्रमितमध्ये थोरै मात्र अस्पताल भर्ना हुने गरेको तर संक्रमण दर भने तीब्र भएको अध्ययनमा जनाइएको छ । संक्रमित बढे पनि अस्पताल भर्ना हुने संख्यामा करिब दुई तिहाइले कमी आएको पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा. जीम म्याकमेननिनले बताए।

बेलायतमा कोभिडबाट संक्रमित हुनेको संख्या तीव्र बढिरहेको छ । बुधबार मात्र एक लाखभन्दा बढी संक्रमित भेटिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *