अदालतको शौचालयमा बम फिट गर्न खोज्दा विष्फोट भएपछि अपराधीकै मृत्यु

डिसी नेपाल
१० पुष २०७८ ९:५९
10.8k
Shares

काठमाडौं। भारतको पंजाबको लुधियानामा अदालतभित्र भएको विष्फोटमा मारिएका संदिग्धको पहिचान भएको छ । यी व्यक्ति अपराधी भएको र बम फिट गर्ने क्रममा अचानक विष्फोट भएपछि आफैं मरेको बताइएको छ । मारिने व्यक्ति गगनदीप पंजाब पुलिसका हेड कन्स्टेबल पदबाट बर्खास्त गरिएका व्यक्ति थिए । उनी पंजाबको खन्नाका हुन् र २ वर्ष जेल सजाय काटेर बाहिर आएका थिए ।

बिहीबार लुधियाना अदालतमा विष्फोट भएको थियो । यो विष्फोटमा एक जना मारिएका थिए र ५ जना घाइते भएका थिए । पुलिसको प्रारम्भिक जाँचमा मृतकले नै बम फिट गरेको खुलासा भएको थियो । पुलिसका अनुसार गगनदीपले अदालतमा बम फिट गर्दै थिए यही क्रममा फिट गर्दागर्दै बम विष्फोट भएको थियो । सूत्रका अनुसार विष्फोटको बेला गगनदीपको मोलाइल पनि ध्वस्त भएको थियो तर उनीसँग एउटा इन्टरनेट डोंगल थियो जसको सिमको माध्यमबाट उनी इन्टरनेट प्रयोग गरिरहेका थिए ।

नेशनल इन्टेलिजेन्स एजेन्सी र पंजा पुलिसले उनले अनलाइन सामाजिक संजालमा कसैसँग बम असेम्बल गर्ने र एक्टिभेट गर्ने विषयमा जानकारी लिइरहेका थिए । उनले लाइभ निर्देशनका आधारमा बम एक्टिभेट गर्न खोजेका थिए । इन्टरनेट डोंगलको आधारमा गगनदीपको पहिचान भएको हो । पछि उनको शरीरको ट्याटु देखेर परिवारले पनि उनको पहिचान गरेका छन् । गगनदीपको पत्नीसँग झगडा भएको थियो । उनलाई पुलिसबाट बर्खास्त गरिएको र उनी गैरकानुनी काममा संलग्न भएका कारण उनकी पत्नी रिसाएकी थिइन् ।

सुरक्षा एजेन्सीहरुले आइपीडीआर इन्टरनेट प्रोटोकल डिटेल रेकर्डको माध्यमबाट गुण्डा नाइके रिंदाको नामको खुलासा गरेका छन् । रिन्दा बब्बर खालसा इन्टरनेशनलसँग सम्बन्धित छन् । पंजाबका सबैभन्दा ठूला डन मानिने रिन्दाको पूरा नाम हरविंदर सिंह हो । उनी विगत २ वर्षदेखि पाकिस्तानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *