चुनाब हारेपछि इमरान खानले आफ्नो पार्टीका सबै संगठन विघटन गरिदिए

डिसी नेपाल
१० पुष २०७८ १०:११
31.0k
Shares

काठमाडौं। पाकिस्तानको खैबर पख्तुनख्वाको स्थानीय चुनाबको पलिो चरणमा पराजित भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टी पीटीआइका सबै संगठन भंग गरिदिएका छन् । सूचना मन्त्री फवाद चौधरीले शुक्रबार इस्लामाबादमा यसको घोषणा गरेका छन् । मन्त्री चौधरीले प्रधानमन्त्री र पार्टीका बरिष्ठ नेताहरुसँगको छलफलपछि एक पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन् ।

चौधरीका अनुसार खैबर पख्तुनख्वाको स्थानीय चुनाबमा पार्टीको प्रदर्शनप्रति प्रधानमन्त्री इमरान खानले असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि उनले ‘गाउँ सभा चुनाबको परिणामका अनुसार पीटीआइ अझै पनि प्रान्तमा सबैभन्दा ठूलो पार्टी भएको’ भनेका छन् । चौधरीले पत्रकार सम्मेलनमा भने ‘पीटीआइ वंशवादी राजनीतिमा विश्वास गर्दैन । प्रधानमन्त्री इमरान खान आफ्नो मिशनमा व्यक्तिगत सम्बन्धको पस पर्न दिनुहुन्न ।’

उनले उम्मेदवारलाई पार्टी टिकट योग्यताको आधारमा दिइनुपर्ने बताउँदै यो कुरा पिएमएल एन र पीपीपीमा पूरै विपरित भएको बताए । उनले भने ‘यदि यही संस्कृति पीटीआइमा आयो भने हामीमा र उनीहरुमा कुनै फरक रहने छैन ।’ फवाद चौधरीले अगाडि भने ‘हामीलाई गुनासो आइरहेका छन् कि योग्यतालाई पन्छाएर विभिन्न क्षेत्रमा परिवार सदस्यहरुबीच पार्टी टिकट बाँडियो ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *