पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च

डिसी नेपाल
१० पुष २०७८ १९:०२

काठमाडौँ । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ । सङ्गठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । सङ्गठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकाले प्रेस सङ्गठन मकवानपुरले अग्रज पत्रकारको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताए ।

यसैगरी सुत्केरी अवस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै सङ्गठनले सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाको भनाइ छ । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासङ्घ केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासङ्घ बागमती महासचिव कृष्णसारु मगरलगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *