इरानले युरेनियम संवर्धनबारे आफ्नो पक्ष प्रस्ट पार्‍यो, यही युरेनियमबाट आणविक बम बन्छ

डिसी नेपाल
११ पुष २०७८ ११:०४
128
Shares

काठमाडौं। इरानको परमाणु ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले प्रस्ट पारेका छन् कि उनको देशले ६० प्रतिशतको सीमाभन्दा धेरै युरेनियम संवर्धन गर्ने छैन । रुसको सरकारी समाचार एजेन्सी आरआइए नोभोस्तीको एक प्रश्नको जवाफमा मोहम्मद इस्लामीले यो पनि प्रस्ट पारेका छन् कि इरान यतिबेला चलिरहेको परमाणु वार्ता विफल हुने र उसमाथि लगाइएको प्रतिबन्ध कायम रहने अवस्थामा पनि आफ्नो प्रतिबद्धतामा कायम रहनेछ ।

मोहम्मद इस्लामीसँग भियनामा चलिरहेको परमाणु वार्तामा यदि सहमति हुन सकेन भने के इरान आफ्नो परमाणु संवर्धनको सीमा ६० प्रतिशतभन्दा बढाउने सोचमा छ ? भनेर सोधिएको थियो । जवाफमा इस्लामीले इरानको पक्ष स्पष्ट पार्दै भने ‘होइन । हाम सबै आवश्यकताहरु युरेनियम संवर्धनको यो सीमाबाट पूरा हुन्छन् । हाम्रा सबै परमाण गतिविधिहरु इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए)का नियमहरु र सम्झौताको दायरामा रहेर चलिरहेका छन् ।’ मोहम्मद इस्लामीले इरान स्वतन्त्र रुपले परमाणु ऊर्जाको उत्पादन गर्न सक्षम रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *