अफगानिस्तानमा तालिवानले निर्वाचन आयोग विघटन गरिदियो
काठमाडौं। तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले निर्वाचन आयोग विघटन गरेको हो । ‘आयोगको अस्तित्व र सञ्चालन आवश्यक छैन,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै तालिबानका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई व्यूँउताउन आवश्यक छ । ’
पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यही १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो । तालिवानको सत्तारोहणसँगै महिलाहरुका विभिन्न हक अधिकार कटौती भएका छन् । तालिवानले हतारमा आयोग विघटन गरेको एक पूर्वआयुक्तले बताएका छन् । देशमा स्वतन्त्र र निस्क्ष निर्वाचन गर्ने उदेश्यले सन् २००६ मा आयोग स्थापना भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment