सलमान खानलाई सर्पले टोक्यो

डिसी नेपाल
११ पुष २०७८ १३:०७
11.3k
Shares

काठमाडौं। बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । सलमानलाई गएराती सर्पले टोकेको बताइएको छ । तर, उनलाई टोक्ने सर्प कुन प्रजातिको थियो भन्ने स्पष्ट छैन ।

सलमान पनवेलको फार्म हाउसमा भएका बेला उनलाई सर्पले टोकेको बताइएको छ । सलमानको स्वास्थ्य अहिले ठिक भएको बताइएको छ । उनलाई अबेर राती उपचारको लागि अस्पताल लगिएको थियो ।

सलमानलाई गएराती ३ बजे मुम्बइको कमोठे क्षेत्रमा रहेको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । जानकारी अनुसार सलमान गएराती आफ्नो परिवारसहित पनवेलको फार्म हाउसमा थिए । उनीहरु त्यहाँ क्रिसमस मनाउन गएको बताइएको छ ।

उपचारपछि सलमान बिहान ९ बजे फार्महाउस पुगेका थिए । अहिले उनको स्वास्थ्य ठिक भएको बताइएको छ । पनवेलको जुन क्षेत्रमा सलमानको फार्म हाउस छ त्यो क्षेत्र पहाड र वन क्षेत्रले घेरिएको छ । यो क्षेत्रमा सर्प र अजिंगर आइरहन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.