पृथ्वी जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना

डिसी नेपाल
११ पुष २०७८ १७:५०

काठमाडौं । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा कविता महोत्सव गर्नेभएको छ ।

सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा गैरसैनिक व्यक्तिलाई समावेश गरी राष्ट्रिय कविता प्रतियोगिता–२०७८ आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा कविता प्रस्तुत गर्न इच्छुक कवि तथा कवयत्रीलाई यही पुस १७ गतेभित्र kabita@nepalarmy.mail.np मा पठाउन आग्रह गरिएको छ ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबपेज www.nepalarmy.mil.np बाट आवश्यक जानकारी प्राप्त गर्न सकिने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट १० जना सर्जकलाई पुरस्कार स्वरुप जनही रु २० हजार प्रदान गरिने छ । सेनाका अनुसार, थप छनौट भएका २० जना सर्जकलाई जनही रु पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *