कामपाको प्रमुख प्रशासकीय अधिकृतमा पौड्याल

डिसी नेपाल
११ पुष २०७८ १९:३१
40
Shares

काठमाडौं ।काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौड्यालले पद बहाली गरेका छन् । यही पुस ७ गतेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उनले आज उक्त पद बहाली गरेका हुन् ।

मन्त्रालयको सोही दिनको निर्णयअनुसार यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ गएका छन् । पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौड्यालले भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिकको अधिकार सुनिश्चत गर्न सक्दो प्रयास गर्ने बताए ।

सो अवसरमा प्रशासन विभागका प्रमुख महेश काफ्लेले पौड्यालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि अझ राम्रो बनाउन सहयोग पुग्ने उल्लेख गरे । विसं २०५३ मा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव भएका हुन्। उनले स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रही काम गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *