सुनसान माओवादी महाधिवेशनस्थल (फोटो फिचर)
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरू भएको छ। पुष १३ गतेसम्म हुने महाधिवेशनको आज दोस्रो दिन महाधिवेशनस्थल सुनसान छ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भइरहेको महाधिवेशनको रौनक उल्लासमय देखिँदैन।नयाँ नीति,कार्ययोजना सार्वजनिक गर्ने भनेपनि अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’नै दोहोरिने लगभग निश्चित बनिसकेको छ। अध्यक्ष पछाडिको पदाधिकारीमा भने,दर्जनौ नेताहरु आकांक्षी भएपनि उम्मेदवारको प्रचार प्रसार शुन्य रहेको छ।
गत महिनामात्र भएको एमाले,कांग्रेस र राप्रपाको महाधिवेशनमा उम्मेदवारको प्रचार प्रसार देखि कार्यकर्ताको उत्साह व्यापकरुपमा देखिएको थियो। तर माओवादी केन्द्रको यो महाधिवेशनमा करिब १५ सय प्रतिनिधि चयन भएर आएपनि महाधिवेशनस्थलमा बाक्लो चहलपहल देखिदैन।माओवादीले ऐतिहासिक राष्ट्रिय सम्मेलन गर्ने भनेपनि शनिवार साँझमात्र महाधिवेशनमा रुपान्तरण गरेको थियो।







No ads found for this position


Facebook Comment