ताइवानको दूतावास र सबै कूटनैतिक कार्यालयमा निकारागुआले कब्जा गर्यो
काठमाडौं। ताइवानसँग सबै कूटनैतिक सम्बन्ध तोडेपछि निकारागुआ सरकारले ताइवानको दूतावास र कूटनैतिक कार्यालयहरुमा कब्जा गरेको छ । निकारागुआको डेनियल ओर्टेगा सरकारले यी सबै कार्यालयहरु चीनका हुन् भनेको छ । यही महिना निकारागुआले ताइवानसँग सबै कूटनैतिक सम्बन्ध तोडेको थियो ।
चीनले निकारागुआको यो निर्णयको स्वागत गरेको छ । ताइवानको विदेश मन्त्रालयले पनि यस विषयमा टिप्पणी गर्दै यसरी कब्जा गरिनु गैर कानुनी भएको बताएको छ । ताइवानी विदेश मन्त्रालयको तर्फबाट जारी एक बयानमा बताइएअनुसार निकारागुआको सरकारले ताइवानका अधिकारीहरुलाई एक महिनाभित्र देश छाड्न भनेको थियो र सोहीअनुसार ताइवानले आफ्नो दूतावास मनागुआ आर्चडायसिसलाई १ डलरमा बेचेको थियो ।
ताइवानले निकारागुआका जनताको सदभावका लागि आफूले आफ्नो दूतावास १ डलरमा बेचेको भए पनि निकारागुआ सरकारले यो सम्पत्ति कब्जा गरेको बताएको छ । ताइवानको विदेश मन्त्रालयले अब निकारागुआ सरकारले कब्जा गरिएको यो सम्पत्ति चीनलाई दिने बताएको छ । निकारागुआ सरकारले भने यो भवन चीनकै भएकोले ताइवानले यसलाई दान दिनु अवैध भएको बताएको छ ।







डिसी नेपाल







Facebook Comment