भारतमा कोरोनाभाइरस विरुद्धका २ नयाँ खोप र एक एन्टिभाइरल औषधिलाई स्वीकृति
काठमाडौं। भारतले कोरोनाभाइरसविरुद्ध प्रयोग गर्नको लागि दुईवटा नयाँ खोप र एउटा नयाँ औषधिलाई स्वीकृति दिएको छ । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । उनका अनुसार दुई नयाँ खोपहरु कोर्बेभ्याक्स र कोभोभ्याक्सलाई स्वीकृति दिइएको छ । त्यस्तै नयाँ एन्टिभाइरल औषधि मोल्नुपिराभिरलाई पनि स्वीकृति दिइएको छ ।
स्वास्थ्य मन्त्री मंडावियाले दिएको जानकारीअनुसार मोल्नुपिराभिर एक एन्टिभाइरल औषधि हो । यो औषधि भारतमा १३ कम्पनीहरुले उत्पादन गर्नेछन् । यसको सीमित प्रयोगलाई आपतकालीन अनुमति दिइएको हो । यो औषधि कोरोना संक्रमित ती वयस्क बिरामीहरुलाई दिइनेछ जसमा जोखिम बढ्ने खतरा धेरै देखिन्छ ।
Congratulations India ??
Further strengthening the fight against COVID-19, CDSCO, @MoHFW_INDIA has given 3 approvals in a single day for:
– CORBEVAX vaccine
– COVOVAX vaccine
– Anti-viral drug MolnupiravirFor restricted use in emergency situation. (1/5)
— Dr Mansukh Mandaviya (@mansukhmandviya) December 28, 2021
केन्द्रीय स्वास्थ्य मन्त्री मंडावियाले प्रधानमन्त्री नरेन्द्र मोदीको आभार व्यक्त गर्दै प्रधानमन्त्रीले कोरोनाविरुद्ध युद्धमा अगाडि बढेर देशलाई नेतृत्व गरेको बताए । उनले २ नयाँ खोप र एक नयाँ एन्टिभाइरल औषधिको स्वीकृतिले कोरोनाविरुद्ध युद्धमा सहयोग प्राप्त हुने बताए । उनले भारतको फर्मा उद्योग विश्वको लागि धरोहर भएको बताए ।







डिसी नेपाल







Facebook Comment