कोभिड पोजेटिभ भएका सयौं व्यक्तिलाई प्रयोगशालाले नै गलत रिपोर्ट दिएपछि…

डिसी नेपाल
१४ पुष २०७८ १०:२४
672
Shares

सिड्नी। सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नगेटिभ रिपोर्ट दिएको छ। संक्रमण बढिरहेका बेला क्रिसमको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो।

आफूहरुले अन्य व्यक्ति र आफन्तलाई संक्रमण सारेको हुन सक्ने भन्दै संक्रमितहरुले चिन्ता व्यक्त गरेका छन्। आफ्नो त्रुटीका लागि प्रयोगशालाले माफी मागेको छ।

कर्मचारीमा कामको चापले त्रुटी हुन गएको प्रयोगशालाको भनाइ छ। तथ्यांक प्रशोधनसम्बन्धी त्रुटिले गलत नतिजा आएको प्रयोगशालाले जनाएको छ। क्रिसमको अघिल्लो दिन ८८६ जनाले सो प्रयोगशालामा कोभिड परीक्षण गरेका थिए । तीमध्ये ४०० जनाको रिपोर्ट गलत आएको थियो।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रासबीच न्यू साउथ वेल्समा कोभिड परीक्षण गर्न चाहने व्यक्तिको सख्ंया उल्लेख्य छ । प्रयोगशालाको क्षमताभन्दा बढी मानिसको चाप बढेपछि अधिकांशलाई फर्काइएको छ ।

पछिल्लो त्रुटीपूर्ण घटना पनि सोही चापका कारण भएको हुनसक्ने जनाइएको छ । अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *