बोइङ ७३७ म्याक्स विमानमाथि लगाइएको प्रतिबन्ध हट्यो

डिसी नेपाल
१४ पुष २०७८ १२:५०
548
Shares

काठमाडौं। इण्डोनेसियाले बोइङ ७३७ म्याक्स विमानमाथि लगाइएको प्रतिबन्ध हटाएको छ । तीन वर्ष पहिले लायन एयरको विमान दुर्घटनापछि इण्डोनेसियाले यो विमानमाथि प्रतिबन्ध लगाएको थियो । दुर्घटनामा विमानमा भएका सबै १८९ जनाको मृत्यु भएको थियो । इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स दुर्घटनापछि मार्च २०१७ मा विमान निर्माताहरुले आफ्नो सबैभन्दा धेरै बिक्री भएको एयरक्राफ्टको उडानमा रोक लगाएका थिए ।

सोमबार इथियोपियन एयरलाइन्सले आगामी फेब्रुअरीदेखि यी विमानको उडान सुरु गर्ने बताएको थियो । यो घोषणा अमेरिका र युरोपमा ७३७ म्याक्स विमानको उडान पुनः सुरु भएको कैयौं महिनापछि गरिएको थियो । अस्ट्रेलिया, जापान, भारत, मलेसिया र सिंगापुर समेत १८० देशले १८० देशले म्याक्सको उडानलाई अनुमति दिएका छन् ।

इण्डोनेसियाको उड्डयन मन्त्रालयले उक बयान जारी गर्दै तत्काल लागू हुने गरी यो विमानमाथि लगाइएको प्रतिबन्ध हटाइएको बताएको छ । तर, विमानको प्रणालीमा गरिएको परिवर्तनको भने नियामक निकायबाट अनिवार्य जाँच गराउनुपर्ने बताएको छ । लायन एयरसँग प्रतिबन्धभन्दा पहिले यो मोडलका १० विमान थिए । यी विमानले फेरि उड्न पाउने कि नपाउने भन्ने बीबीसीको प्रश्नमा कुनै जवाफ दिइएन ।

इण्डोनेसियाको राष्ट्रिय एयरलाइन्स गरुडाले भने यो विमान ल्याउने कुनै योजना नभएको बताएको छ । २९ अक्टोबर २०१८ मा लायन एयर फ्लाइट ६१० जाकार्ताको सुकर्नो हट्टा विमानस्थलबाट उडेको थियो र १३ मिनेटपछि समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । यसको ५ महिनाभन्दा कम समयमा इथियोपियन एयरलाइन्स फ्लाइट ३०२ को बोइङ ७३७ म्याक्स पनि राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको ६ मिनेटमै दुर्घटना भएको थियो र सबै १५७ यात्रु मारिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *